दोस्रो नुवाकोट गोल्डकपको मिति तय

काठमाडौं (खेलदैनिक) । दोस्रो संस्करणको नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयोजना मिति तय भएको छ । आइतबार बुद्धि बहादुर प्रधानको अध्यक्षतामा बसेको आयोजक कमिटीको बैठकले यहि जेठ २० गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

गोलनेपालका अनुसार बट्टार क्याम्पस मैदानमा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको टिकट दर भने रु. १०० र २०० तोकिएको छ । यहि जेठ २९ गते फाइनल हुने प्रतियोगिता सम्पन्न गर्न आयोजकले सबैतर्फबाट सहयोग र समर्थनको अपिल समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...