सतासीधाम महिला फुटबल टोलीलाई उपाधि

इलाम (खेलदैनिक) । चुलाचुली महिला फुटबल प्रतियोगिताको उपाधि सतासीधाम महिला फुटबल टोलीले जित्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा सतासीधामले उर्लाबारी महिला फुटबल टोलीलाई सडेन डेथमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

बिजेता बनेको सतासीधामले उपाधिसहित नगद २५ हजार हात पारेको छ भने उपविजेता उर्लाबारीले १५ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच रेखा पौडेल घोषित भईन् । त्यस्तै साबित्री मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भईन् ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक बिशीका राई बन्दा उत्कृष्ट डिफेन्डर सम्झना लावती घोषित भईन् । खुश्मा राई भने उत्कृष्ट मिडफिल्डर बनिन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २–२ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...