फिदिम खेलमैदानका लागि प्रदेश १ को सरकारले दियो ५० लाख

फिदिम (खेलदैनिक) । खेलकुद क्षेत्रमा सक्रिय भएर लागी परेको प्रदेश १ सरकारले फिदिम खेलमैदानको स्तरोन्नतीका लागि ५० लाख दिने भएको छ । नाइन ए साईडका रुपमा प्रयोग गरिंदै आएको त्यो मैदानलाई हाल इलेवन ए साईड मैदानका रुपमा स्तरोन्नती गरिंदैछ ।

सो मैदानको निर्माण तथा स्तरोन्नतीको जिम्मा भने पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्र्पोटिङ क्लबले लिएको छ । गोलनेपालका अनुसार प्रदेश १ का मन्त्री इन्द्र बहादुर आङ्बोले मैदान निर्माणका लागि आर्थिक सहयोग गर्ने बचत दिए अनुसार सो रकम उपलब्ध गराइएको हो ।

सहयोगका लागि पाँचथर जिल्ला फुटबल संघका अध्यक्ष सुजन नेम्बाङले प्रदेश १ को सरकार तथा मन्त्री आङ्बोलाई धन्यवाद समेत दिएका छन् । स्मरणीय छ, पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्र्पोटिङ क्लबको आयोजनामा सो मैदानमा बार्षिक रुपमै प्रतिष्ठित फाल्गुनन्द गोल्डकपको आयोजना हुँदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...