रारा गोल्डकप शुरु, उद्घाटन खेलमै एपिएफ स्तब्ध

राजारानी (खेलदैनिक) । शनिबारदेखि शुरु अग्नि–बसुन्धरा स्मृति टुबोर्ग नवौं रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब, मोरङले बिजयी शुरुवात गरेको छ ।

धनकुटा स्थित राजारानी खेलमैदानमा भएको उद्घाटन खेलमा सगरमाथाले नेपाल एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सगरमाथाको जितमा खेल शुरु भएको दशौं मिनटमै सुशिल राईले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता सुशिल राई नै घोषित भए । उनले पुरस्कार वापत नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत आइतबारको खेल दाफिन्स एफसी, क्यामरुन र फ्यान्स बि.आर.सी., भूटानबीच हुने आयोजकले जनाएको छ ।

रारा फुटबल क्लब, राजारानी धनकुटाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने । प्रतियोगिताको फाइनल खेल भने यहि जेठ ८ गते बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...