झापालाई पन्छाउँदै संकटा च्याम्पियन

चितवन (खेलदैनिक) । सिएमजी संकटा क्लब शनिबार सम्पन्न सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको बिजेता बनेको छ । नारायणगढ स्थित क्याम्पाचौरमा भएको फाइनल खेलमा संकटाले झापा–११ एफसीलाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

खेलमा संकटाका लागि अमित तामाङले फ्रिकिकबाट आकर्षक रुपमा पहिलो गोल गरे । त्यस्तै झापाका सुमिन मैनालीले आत्मघाती गोल गर्न पुग्दा संकटाले त्यो अग्रता २–० को बनाउन सफल भयो । त्यसैगरी खेलको अन्तिमतिर लक्ष्मण रुचालले संकटाका लागि तेस्रो गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

बिजेता बनेको संकटाले उपाधिसहित नगद ६ लाख हात पारेको छ । उता उपविजेता बनेको झापाले भने ३ लाखमा चित्त बुझाएको छ । एजे इन्टरनेशनलको आयोजनामा गत बैशाख २४ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...