द योङ बदर्स भेट्रान फाइनलमा

पथरी (खेलदैनिक) । द योङ बदर्स भेट्रान ईटहरी जारी प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मोरङ्गको सुनबर्सी नगरपालिका वडा नं. २ अमरदहमा भएको सेमिफाइनल भिडन्तमा द योङ ब्रदर्शले उर्लाबारी भेट्रानलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

द योङ ब्रदर्शको जितमा भोला राई, लिला राज मगर र तिर्थ बस्नेतले गोल गरे । उर्लाबारीले आफ्नो टिममा अनिल गुरुङ, बुद्ध चेम्जोङ, टेक बुढाथोकी जस्ता चर्चित अनुहारहरुलाई मैदानमा उतार तापनि खेल जित्न भने सकेन ।

खेल अवधिभर उत्कृष्ट प्रदशन गर्दै एक गोल समेत गरेका द योङ बदर्स ईटहरीका तिर्थ बस्नेत खेलको म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार रुपियाँ र मेडल हात पारे । अब उपाधिका लागि द योङ ब्रदर्शले ७ गते हुने फाईनल खेलमा पुर्वाञ्चल भेट्रान दमकको सामना गर्नेछ ।

१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...