राजारानी (खेलदैनिक) । रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा शुरु हुन गईरहेको अग्नी–बसुन्धरा स्मृति नवौं टुबोर्ग रारा गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ ।
यहि जेठ ४ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रतियोगितामा नेपाल, भुटान र क्यामरुनका गरी कुल ६ टोलीहरुले सहभागिता जनाएका छन् ।
धनकुटा स्थित राजारानी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा युथ क्लब, मोरङ र नेपाल एपिएफ क्लब, काठमाडौं भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने जेठ ८ गते हुनेछ ।
