बिर्तामोड गोल्डकप हुँदै

बिर्तामोड (खेलदैनिक) । रेडस्टार एफसी, बिर्तामोडको आयोजनामा यहि जेठ २० गतेदेखि बिर्तामोड गोल्ड नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रतियोगितामा झापा र अन्य जिल्लाका क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्ने आयोजक क्लबका सचिव प्रेम कृष्ण श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...