झापा फाइनलमा, उपाधिका लागि संकटासँग भिड्ने

चितवन (खेलदैनिक) । झापा–११ एफसी जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार नारायणगढ स्थित क्याम्पाचौरमा भएको दोस्रो सेमिफाइनलमा झापाले नेपाल एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । झापाको जितमा म्यान अफ द म्याच समेत घोषित निशान लिम्बुले ५८औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

झापाले अब उपाधिका लागि शनिबार सिएमजी संकटा क्लबको सामना गर्नेछ । संकटाले बुधबार मात्र घरेलु टोली चितवन–११ लाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...