झापालाई राजगढ गोल्डकपको उपाधि

राजगढ (खेलदैनिक) । झापाको राजगढमा सम्पन्न दोस्रो राजगढ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक झापा एफसीले जितेको छ । उपाधि जित्ने क्रममा झापाले लेटाङ एफसी, मोरङलाई टाइब्रेकरमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टिमले गोलरहित बराबरी खेलेका हुन । टाइब्रेकरमा लेटाङको २ प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच लेटाङ एफसीका विरेन्द्र लिम्बू घोषित भए ।

विजेता बनेको झापाले उपाधि सहित रु १,०१,००० तथा उपविजेता लेटाङले ट्रफी सहित रु ५५,००० प्राप्त गरेका छन । विधागत उत्कृष्टतर्फ सबै झापा एफसीका खेलाडीहरुले जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर दिपान्सु राउत, उत्कृष्ट डिफेन्डर दिपेश खतिवडा, उत्कृष्ट मिडफिल्डर राजकुमार काङदाङ्वा र उत्कृष्ट स्ट्राइकर गणेश हेमरन घोषित भए । विधागत उत्कृष्ट बनेका सबैले जनही ५,००० प्राप्त गर्दा झापाकै गोकुल राजवंशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुदै रु १०,००० प्राप्त गर्न सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...