कठिन जितका साथ संकटा फाइनलमा

चितवन (खेलदैनिक) । कठिन जितका साथ सिएमजी संकटा क्लब जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार नारायणगढ स्थित क्याम्पाचौरमा भएको पहिलो सेमिफाइनलमा संकटाले घरेलु टोली चितवन–११ लाई पेनाल्टीमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा पराजित चितवनका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल झापा–११ एफसी र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि जेठ ४ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...