भिमनारायण गोल्डकप : पहिलो सेमिफाइनल स्थगित

धनकुटा (खेलदैनिक) । जारी १४औं भिम नारायण गोल्डकपतर्फ दाफिन्स एफसी र विन्ध्यावासिनी एफसीबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।

धनकुटा स्थित तल्लो टुँडिखेल मैदानमा बुधबार हुने भनिएको पहिलो सेमिफाइनल खेल भारी बर्षाका कारण स्थगित गरिएको हो । सो खेल बिहीबार बिहान ८ बजे खेलाईने आयोजकले जनाएको छ । बिहीबार नै दोस्रो सेमिफाइनलतर्फ बिर्तामोड युनाइटेड क्लब, झापा र नेपाल एपिएफ क्लब,काठमाडौं पनि आमने सामने हुँदैछन् ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३ गते शुक्रबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...