पञ्जाबविरुद्ध शतप्रतिशत प्रदर्शन गर्न नसकेको मनाङका कप्तान बिराज महर्जनको भनाई

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबका कप्तान बिराज महर्जनले एएफसी कपको समूह ई तर्फ चौथो खेलमा बुधबार मिनर्वा पञ्जाब विरुद्ध सोंचे अनुरुप खेल्न नसकेको स्वीकारेका छन् ।

बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले दश खेलाडीमा सिमित पञ्जाबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । खेलपश्चात पत्रकार सम्मेलनमा बोल्दै कप्तान महर्जनले भने, “हामी शतप्रतिशत रुपमा खेल्न सकेनौं । मिस पासका कारण हामी दबाबमा पनि थियौं ।”

बुधबारको नतिजासँगै ४ खेलबाट २ अंक जोडेको मनाङ पुछारमा छ र अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना गणितीय रुपमा लगभग समाप्त भएको छ । उता ४ अंक जोडेको पञ्जाबको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना भने केही हदसम्म कायम छ ।

समूह चरणतर्फ आफ्नो पाँचौं खेलमा मनाङले १९ जुनका दिन बंगलादेशसँग ढाकामा खेल्नेछ भने सोही दिन पञ्जाबले चेन्नईनको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...