एएफसी कप : मनाङसँग फेरि रोकियो पञ्जाब

काठमाडौं (खेलदैनिक) । एएफसी कपको समूह चरणतर्फ आफ्नो चौथो खेलमा नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र भारतीय आइ लिग च्याम्पियन मिनर्वा पञ्जाबले लगातार दोस्रो बराबरी खेलेका छन् ।

बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले एक गोलले पछि परेको स्थिति उल्टाउँदै दश खेलाडीमा सिमित पञ्जाबलाई १–१ को बराबरीमा रोक्यो ।

खेलको ३९औं मिनटमै थोइब सिंहको गोलबाट पञ्जाबले शुरुवाती अग्रता बनाएको थियो । यद्यपि पहिलो हाफकै इन्जुरी समयमा प्रतिक जोशीले रातो कार्ड खाँदै मैदान छाडेपछि पञ्जाब दोस्रो हाफको शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको प्रर्याप्त फाईदा मनाङले उठाउन सकेन । यद्यपि खेलको ८०औं मिनटमा मनाङका लागि शाहिद अजिजले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । स्मरणीय छ, गत मे १ तारीखका दिन भुवनेश्वरमा भएको खेलमा पनि मनाङ र पञ्जाबले २–२ गोलको बराबरी खेलेका थिए ।

बुधबारको नतिता पश्चात् ४ खेलबाट ४ अंक जोडेको पञ्जाब समूह ई तर्फ तेस्रो स्थानमा छ भने २ अंक जोडेको मनाङ पुछार मै छ । मनाङले आफ्नो समूह चरणतर्फको पाँचों खेल १९ जुनका लागि बंगलादेशमा ढाका अवाहानीसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...