प्रभावशाली जितका साथ एपिएफ सेमिफाइनलमा

चितवन (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा एपिएफले बिरगंज युनाइटेडलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको खेलमा एपिएफका लागि रमेश दंगल, नविन लामा र सन्तोष श्रेष्ठले गोल गरे । खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

एपिएफले सेमिफाइनलमा अब बिहीबार झापा–११ एफसीको सामना गर्नेछ । बुधबारदेखि सेमिफाइनल खेलहरु शुरु हुँदैछन् । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल घरेलु टोली चितवन–११ र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...