भरतपुर गोल्डकप : टाईब्रेकरमा संकटा सफल

चितवन (खेलदैनिक) । सिएमजी संकटा क्लब जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा संकटाले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि नारायणगढ स्थित क्याम्पाचौरमा भएको नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा संकटाका कप्तान अमित तामाङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको क्वाटरफाइनल खेल नेपाल एपिएफ क्लब र बिरगंज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल जेष्ठ ४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...