रारा गोल्डकप जेष्ठ पहिलो सातादेखि

धनकुटा (खेलदैनिक) । राजारानीमा नवौं टुबोर्ग रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि आउँदो जेष्ठ ४ गतेदेखि आयोजना हुँने भएको छ ।

गोलनेपालका अनुसार कुल ६ टोलीहरुको सहभागिता रहने प्रतियोगितामा हाल विवादास्पद रहेको दाफिन्स एफसी, क्यामरुनले पनि सहभागिता जनाउने छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । गत संस्करणको उपाधि सगरमाथा एफसी, बिराटचोकले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...