भिमनारायण गोल्डकपको खेलतालिका सार्वजनिक

धनकुटा (खेलदैनिक) । यहि बैशाख २८ गते शनिबारदेखि शुरु हुन गईरहेको १४औं शहिद भिमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

धनकुटा स्थित तल्लो टुँडिखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा रोयल एफसी, भारत र विन्ध्यावासिनी एफसी, मोरङ भिड्ने भएका छन् । नेपाल, भारत र क्यामरुनका गरी कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल जेष्ठ ३ गते हुनेछ ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...