भारतीय महिला लिगमा साबित्राको गोल निरन्तर

काठमाडौं (खेलदैनिक) । भारतीय महिला लिगतर्फ सेथु एफसीबाट व्यवसायीक फुटबल खेलिरहेकी साबित्रा भण्डारीले क्लबका लागि लगातार दोस्रो खेलमा पनि गोल गर्न सफल भएकी छिन् ।

शुक्रबार लगातार दोस्रो जित हात पार्ने क्रममा सेथु एफसीले साइ एसटिसीलाई ९–० को फराकिलो अन्तरले हरायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी साबित्राले खेलको ८२औं मिनटमा टोलीका लागि गोल गरेकी थिईन् । साबित्राले यसअघि मणिपुर र बैंगलोरको टोली विरुद्ध पनि गोल गरेकी थिईन् ।

त्यस्तै सेथुका लागि रतनबाला देवीले चार गोलसहित ह्याट्रिक गरीन् भने सन्ध्यिाले दुई गोल गरीन् । त्यस्तै ग्रेस र इन्दुमतीले एक–एक गोलको योगदान दिईन् । सेथुका लागि अर्की नेपाली राष्ट्रिय फुटबलर अनिता बस्नेतले पहिलो रोजाई मै खेल्ने अवसर पाए तापनि गोल गर्न भने सकिनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...