कठिन जितका साथ जावलाखेल फाइनलमा

सिन्धुपाल्चोक (खेलदैनिक) । कठिन जितका साथ जावलाखेल युथ क्लब जारी चौथो सिन्धु कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा आयोजक युथ स्पोर्टस्का सुरेश खत्री म्यान अफ द म्याच घोषित भए । जावलाखेलले अब फाइनलमा यहि शनिबार गोर्खा ब्वाईज क्लब, रुपन्देहीको सामना गर्नेछ ।

युथ स्पोर्टस् क्लब, सिन्धुपाल्चोकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...