भरतपुर गोल्डकप : चितवनको जितमा बोबोको ह्याट्रिक

चितवन (खेलदैनिक) । जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली चितवन–११ उत्कृष्ट जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको खेलमा चितवनले नुवाकोट–११ लाई ४–० ले हरायो । चितवनको जितमा म्यान अफ द म्याच समेत घोषित पेट्गा बोबोले ह्याट्रिक गरे । त्यस्तै थप एक गोल भने भुवन बस्नेतले गरे ।

चितवनले क्वाटरफाइनलमा अब बैशाख ३० गतेका दिन दावेदार टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेष्ठ ४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...