स्टार क्लब हल्दिबारी गोल्डकपको फाइनलमा

बिर्तामोड (खेलदैनिक) । न्यू स्टार क्लब बिर्तामोड झापाको हल्दिबारीमा जारी तेस्रो नवकिरण स्र्पो्टिङ हल्दिबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सतासीधाम स्र्पाेटिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै न्यू स्टार उपाधि नजिक पुगेको हो ।

बुधबार हल्दिबारी माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका लागि खेलको अन्तिम मिनेटमा संजोग राईले गोल गर्दै टिमलाई उपाधि नजिक पु¥याएका हुन् । दोस्रो हाफमा न्यू स्टारलाई दबाबमा राखेको सतासीधामले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा उपाधि होडबाट बाहिरीनु पर्यो ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता न्यू स्टारका संयोग राई घोषित भए । उनले नगद १ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिर्तामोड युनाइटेड र श्रीजंगा युथ क्लब पृथ्वीनगरबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद ६० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्ने समेत आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...