फर्साटिकर फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

तिलोत्तमा (खेलदैनिक) । फर्साटिकर युवा क्लब यहाँ जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले लिस्नु युवा क्लबलाई सडेन डेथमा ५–४ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । यसअघि नियमित समयतर्फको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा लिस्नुका लागि अनुज थापाले गोल गरे भने फर्साटिकरका लागि मुकेश कुँवरले गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच फर्साटिकरका गोलरक्षक बिजय श्रेष्ठ घोषित भए । फर्साटिकरले अब फाइनलमा आयोजक न्यू श्रृजना युवा क्लबसँग बैशाख २८ गते शनिबार उपाधिका लागि भिड्ने छ ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...