गोर्खा ब्वाईज उपाधि नजिक

सिन्धुपाल्चोक (खेलदैनिक) । गोर्खा ब्वाईज क्लब, रुपन्देही जारी चौथो सिन्धु कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा गोर्खा ब्वाईजले नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा गोर्खा ब्वाईजका रुपेश केसी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक युथ स्पोर्टस् क्लब र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

युथ स्पोर्टस् क्लब, सिन्धुपाल्चोकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...