एपिएफको जितमा सुदिपको निर्णायक गोल

चितवन (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नारायणगढ स्थित क्याम्पा चौरमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ एपिएफले विरगंज युथ एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

एपिएफको जितमा खेलको ४९औं मिनटमा सुदिप शिख्राकारले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । एपिएफका लागि निर्णायक गोल गरेको शिख्राकार खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

एपिएफले अब क्वाटरफाइनलमा बैशाख ३१ गते दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको बिहीबारको खेल घरेलु टोली चितवन–११ र नुवाकोट–११ बीच हुने आयोजकले जनाएको छ ।

एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...