साबित्रा र अनिताले गोल गर्दा सेथुको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । सेथु एफसीबाट भारतीय महिला फुटबल लिग खेलिरहेका दुई नेपाली राष्ट्रिय महिला फुटबलरद्वय साबित्रा भण्डारी र अनिता बस्नेतले बुधबार क्लबको जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

लिगतर्फ बुधबार बिहान भएको खेलमा सेथु एफसीले बैंगलुरु युनाइटेड एफसीलाई ३–० ले हरायो । सेथुको जितमा खेलको ११औं मिनटमा साबित्रा भण्डारीले पहिलो गोल गरीन् । त्यस्तै ४०औं मिनटमा सन्ध्याले त्यो अग्रता दोब्बर पारीन् भने ७४औं मिनटमा अनिता बस्नेतले तेस्रो गोल गर्दै टोलीको शानदार जित पक्का गरीन् ।

स्मरणीय छ, सेथुले आफ्नो पहिलो खेलमा मणिपुरको टोलीलाई ६–४ ले हराउँदा साबित्रा एक्लैले ह्याट्रिक सहित चार गोल गरेकी थिईन् । यहि मई २५ तारीखसम्म चल्ने महिला आई लिगमा यसपटक सेथुलाई पनि दावेदार मानिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...