
काठमाडौं (खेलदैनिक) । नेपाल सरकारले ललितपुरमा च्यासल फुटबल स्टेडियम निर्माण कार्यलाई तिव्रता दिईरहेको छ । यद्यपि गोलनेपालका अनुसार स्टेडियम निर्माणमा संलग्न कामदारहरुले आवश्यक सुरक्षाका सामग्रीहरु भने प्रयोग नगरिएको बुझिएको छ ।
गोलनेपालका अनुसार च्यासल स्टेडियम बर्ष दिन भित्र तयार हुने बताइएको छ । साथै १५ हजार दर्शक क्षमताको यो स्टेडियम ए डिभिजन लिगका बेला ललितपुरका क्लबहरुले आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्ने समेत बताइएको छ ।
च्यासल स्टेडियम निर्माणका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि आवश्यक सहयोग र समर्थन गरिरहेको छ ।