नेपाल र मलेसिया बुकिट जलिल नेशनल स्टेडियममा भिड्ने पक्का

काठमाडौं (खेलदैनिक) । नेपाल र मलेसियाबीचको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच मलेसियाको राजधानी क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा हुने निश्चित भएको छ ।

यसअघि मलेसिया एफएले नेपालसँग यहि जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पुष्टी गरेको थियो । यद्यपि खेल हुने स्थानबारे भने स्पष्ट पारेको थिएन । ८७ हजार ४११ दर्शक क्षमताको बुकिट जलिल स्टेडियम फुटबल बाहेक अन्य खेलहरु लगायत विभिन्न प्रायोजनका लागि समेत प्रयोग गरिंदै आएको छ ।

सन् २०२२ को फिफा विश्वकप छनौटको पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा रहेको मलेसियाले नेपाल विरुद्धको खेललाई महत्वका साथ हेरेको छ । नेपाल र मलेसियाबीचको यो खेल यसअघि नै हुने भनिए तापनि मलेसिया एफएको त्यो मैत्रीपूर्ण खेलको प्रस्ताव फिफाले तत्कालका लागि अस्विकृत गरेको थियो ।

स्मरणीय छ, नेपालले मलेसिया विरुद्ध खेले लगतै जुन ६ तारीखका दिन चाइनिज ताइपेईसँग उसकै घरेलु मैदानमा खेल्ने कार्यक्रम समेत रहेको छ । नेपालले त्यसका लागि आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...