नेपाल र मलेसियाबीच हुने मैत्रीपुर्ण खेलको मिति तय

काठमाडौं (खेलदैनिक) । मलेसिया एफएले नेपाली राष्ट्रिय फुटबल टोली विरुद्ध यहि आउँदो जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पुष्टी गरेको छ । फिफा विश्वकप छनौटको पहिलो चरण खेल्ने तयारीमा रहेको मलेसियाले सो मैत्रीपुर्ण फुटबल म्याचबारे पुष्टी गरेको हो ।

स्मरणीय छ, नेपाल र मलेसियाबीचको यो खेल यसअघि नै हुने भनिए तापनि फिफाले स्वीकृति नदिएपछि मलेसिया एफएले त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो । गोलनेपालका अनुसार खेल अब तोकिएकै मितिमा हुने भए पनि खेल स्थलबारे भने टुँगो लागेको छैन ।

यद्यपि बुकिट जलिल स्टेडियममा नेपाल र मलेसियाबीच खेल हुन सक्ने बताइएको छ । स्मरणीय छ, नेपालले मलेसिया विरुद्ध खेलेपछि ६ जुनका दिन चाइनिज ताइपेर्इंसँग खेल्ने यसअघि नै निर्णय भईसकेको छ । नेपाल र चाइनिज ताइपेइबीचको खेल ताइपेइकै घरेलु मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...