महिला च्याम्पिनयसिप : झापा र उदयपुर सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । भाmापा र उदयपुर यहाँ जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मोरङ स्थित लक्ष्मीमार्ग खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ झापाले सुनसरीलाई २–० ले हरायो । झापाको जितमा खेलको २२औं मिनटमा पुजा खतिवडाले पहिलो गोल गरीन् भने ४१औं मिनटमा ममता राउतले दोस्रो गोल गर्दै झापाली टोलीको जित सुनिश्चित गरिन् ।

त्यस्तै सोमबार नै भएको अर्को क्वाटरफाइनलमा उदयपुरले इलामलाई २–१ ले हरायो । उदयपुरको जितमा खेलको ३८औं मिनटमा मनिका राईले गोलको खाता खोलेकी थिईन् । त्यस्तै ४५औं मिनटमा चुमुलुङ्मा राईले उदयपुरका लागि दोस्रो गोल गरेकी थिईद् । उता इलामका लागि ४७औं मिनटमा संरचना प्रधानले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

सोमबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बैशाख २४ गते मंगलबार पहिलो सेमिफाइनलमा उदयपुरले मोरङको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा झापाले ताप्लेजुङसँग खेल्नेछ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश १ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...