भारतीय महिला लिगको डेब्यु खेलमै साबित्रको चार गोल

काठमाडौं (खेलदैनिक) । यसै सिजन चर्चित महिला आई लिग खेल्न भारतको सेथु एफसीमा आवद्ध भएकी नेपाली महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारीले डेब्यु खेलमै शानदार प्रदर्शन गरेकी छिन् ।

सोमबार भएको खेलमा साबित्राको टोली सेथु एफसीले मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ६–४ ले हरायो । सेथुको जितमा सात्रिकाले शानदार प्रदर्शन गर्दै ह्याट्रिक सहित चार गोल गरीन् । साबित्राले खेल शुरु भएको पहिलो मिनटमै गोल गरेकी थिईन् । त्यस्तै १५औं, ३४औं र पहिलो हाफ कै इन्जुरी समयमा गरी चार गोल गर्न सफल भएकी थिइन् ।

सेथुका लागि थप दुई गोल दाङ्मी ग्रेसले गरेकी थिईन् । आफ्नो डेब्यु खेल नै यादगार बनाएकी साबित्रा भण्डारी खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी थिईन् । स्मरणीय छ, सेथु एफसीमा साबित्रासँगै अकी नेपाली फुटबलर अनिता बस्नेत पनि आवद्ध छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...