महिला च्याम्पियनसिप : मोरङ र ताप्लेजुङ सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । घरेलु टोली मोरङ र ताप्लेजुङ जारी प्रदेश १ स्तरीय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरङ स्थित लक्ष्मीमार्ग खेलमैदानमा भएको खेलमा मोरङले दश खेलाडीमा सिमित धनकुटालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । मोरङका लागि साबित्री मगर र इमा राईले गोल गरीन् । खेलमा बिपना राईले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि धनकुटा दश खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै अर्को खेलमा ताप्लेजुङले भोजपुरलाई १–० ले हरायो । ताप्लेजुङका लागि पवित्रा लिम्बुले एक मात्र निर्णायक गोल गरीन् र टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गरिन् ।

प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल इलाम र उदयपुरबीच हुनेछ भने चौथो क्वाटरफाइनल खेल झापा र सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश १ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेता ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...