कठिन जितका साथ सिद्धार्थ सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । कठिन जित हात पार्दै सिद्धार्थ एफसी जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा आइतबार भएको तेस्रो क्वाटरफाइनलमा सिद्धार्थले सुपौली एफसीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा बिजयी टोलीका गोलरक्षक विक्रम राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल फर्साटिकर युवा क्लब र झरना स्पोर्टस क्लबबीच खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...