अभिषेक र मन्जली उदयीमान फुटबलर

काठमाडौं (खेलदैनिक) । अभिषेक रिजाल र मन्जली कुमारी योन्जन एन्फा दिवसको अवसरमा क्रमशः पुरुष र महिलातर्फ बर्षको उदयीमान फुटबलरको पुरस्कारबाट सम्मानित भएका छन् ।

एन्फाले आइतबार होटल अन्नपुर्णमा एक कार्यक्रमका बीच पूर्व राष्ट्रिय फुटबलर तथा कप्तान स्व. मणि विक्रम शाहको सम्झनामा सो अवार्ड प्रदान गरेको थियो । पुरुषतर्फ अभिषेक र महिलातर्फ मन्जलीले उदयीमान फुटबलर बने बापत जनही नगद १ लाख हात पारे ।

नेपाली युवा टोलीका महत्वपूर्ण सदस्य रहेका अभिषेकले हालै कतारमा भएको एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै महिला फुटबल टोलीकी जुझारु र मेहनती खेलाडीको छवी बनाएकी मञ्जलीले भर्खरै बिराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसितर्फ नेपाललाई फाइनलसम्म पुराउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...