बर्षको उत्कृष्ट क्लब बन्यो मनाङ

काठमाडौं (खेलदैनिक) । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एन्फा दिवसको अवसरमा बर्षको उत्कृष्ट फुटबल क्लब बनेको छ । एन्फाले पहिलोपटक यो विधामा कुनै नेपाली फुटबल क्लबलाई पुरस्कृत गरेको हो ।

उत्कृष्ट क्लब बनेको मनाङले १ लाख हात पारेको छ । हाल नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्ठित एएफसी कपमा सहभागिता जनाईरहेको मनाङले गत साता मात्र मिनर्वा पञ्जाबसँग बराबरी खेल्दै पहिलो अंक जोडेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...