महिला फुटबलर अनु लामालाई पनि १५ लाख

काठमाडौं (खेलदैनिक) । एन्फा दिवसका अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान तथा फरवार्ड अनु लामालाई पनि सम्मान गरेको छ ।

आइतबार होटल अन्नपुर्णमा एक कार्यक्रमको आयोजना गरि लामालाई नगद १५ लाख र कदरपत्र सहित सम्मानित गरिएको हो । नेपाली महिला फुटबल टोलीमा निरन्तर आफ्ना प्रभाव छोडेकी लामाले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी थिईन् ।

स्मरणीय छ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमान पनि लामाको नाममा छ । उनले नेपालका लागि कुल ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...