एन्फाद्वारा सम्मानित जुमानु राईलाई १५ लाख

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एन्फा दिवसको अवसर पारेर नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड जुमानु राईलाई सम्मानित गरेको छ ।

एन्फाले एक कार्यक्रमका बीच नेपाली फुटबलमा पुराएको योगदानको उच्च मूल्यांकन गर्दै राईलाई १५ लाख नगदसहित सम्मानित गरेको हो । नेपाल प्रहरीमा समेत जागिरे राई भर्खरै संयुक्त राष्ट्र संघको मिसनबाट फर्किएका थिए ।

एक समय नेपाली राष्ट्रिय फुटबल टोलीका अहम सदस्य रहेका राईले व्यवसायीक फुटबलको अधिकांश समय विभागीय टोली नेपाल पुलिस क्लबमै बिताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...