बुढासुब्बा गोल्डकप :उपाधिका लागि संकटासँग पुलिस खेल्ने


फागुन १२ / १९ औं  बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त संकटा र नेपाल पुलिस क्लबबीच हुने भएको छ ।

विहीबारको जितसँगै नेपाल पुलिस क्लबले फाइनलमा संकटासँगको भेट पक्का परेको छ । बिहीबार भएको सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई ३-१ गोल अन्तरले निराश पार्दै पुलिस फाइनल पुगेको हो ।

एन्फा टेक्निकल मैदानमा भएको खेलमा पुलिसका लागि जुमानु राइले दुई गोल गरे । अर्को गोल मानबहादुर परियारले गरे । धरानका रेजिन सुब्बाले एक गोल गरे ।

खेलको ३१ औँ मिनेटमा पुलिसले अग्रता लिएको हो । पुलिसका लागि मानबहादुर परियारले हेड मार्फत गोल गरे । गोल भएको ६ मिनेट नबित्दै धरानका रेजिनले बराबरी गरे । पहिलो हाफको अन्तिम तिर जुमानु राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । खेलमा ६६ औँ मिनेटमा जुमानुले अर्को गोल गर्दै ३–१ को जित सुनिश्चित गरे ।

आगामी शनिबार फाइनल खेल संकटा क्लब र नेपाल पुलिस क्लबका बिच हुनेछ । विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । बुधबार रुपन्देही ११ लाई २–१ गोल अन्तरले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...