वाणगंगा वेलफेयर सोसाईटी सेमिफाइनलमा

जितपुर (खेलदैनिक) । वाणगंगा वेलफेयर सोसाईटी कपिलवस्तुमा जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति खुला नकआउट फुटबल प्रतियोगिाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितपुर, कपिलवस्तु स्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा वाणगंगाले नवयुवा क्लब, नवलपरासीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । वाणगंगाको जितमा सुरज हमाल र विश्वास श्रेष्ठले गोल गरे ।

खेलमा पराजित नवयुवा क्लबका प्रशान्त क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस् क्लब, कुञ्जलापुर र भैरव एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका गणेश ढुंगानाले जानकारी दिए ।

तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि बैशाख २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...