सहज जितका साथ लिस्नु सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । लिस्नु युवा क्लब, कोटिहवा जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा शनिबार भएको दोस्रो क्वाटरफाइनलमा लिस्नुले राधाकृष्ण युवा क्लबलाई २–० ले हरायो । लिस्नुका लागि अनुज थापा र निकेश गुरुङले एक–एक गोल गरे ।

खेलमा लिस्नुका अनुज थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको तेस्रो क्वाटरफाइनल खेल सिद्धार्थ युथ क्लब र सुपौली एफसीबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...