सुरजको ह्याट्रिकसँगै झरनाद्वारा फुलबारी नकआउट

कपिलवस्तु (खेलदैनिक) । झरना स्पोर्टस् क्लब, कुञ्जलापुर जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चार नम्बर जितपुर स्थित सिद्धार्थ रंगशालामा भएको खेलमा झरनाले फुलबारी गाईज, बुटवललाई ५–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । झरनाको जितमा सुरज आलेले ह्याट्रिक गरे भने निशान सुनार र एमोस पुनले एक–एक गोल गरे । उता पराजित फुलबारीका लागि दुवै गोल क्षितिजराज जिटीले गरे ।

खेलमा झरनाका लागि ह्याट्रिक गरेका सुरज आले खेलको म्यान अफ द म्याच घोषित भए । तरुण दल जिल्ला कार्य समिति, कपिलवस्तुको आयोजनामा यहि वैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...