आयोजक न्यू श्रृजना सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । आयोजक न्यू श्रृजना युवा क्लब यहाँ जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा न्यू श्रृजनाले मायादेवी युथ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । आयोजक न्यू श्रृजनाको जितमा रोशन सेन र नबिन महतोले गोल गरे ।

उता पराजित मायादेवीका लागि अशोक पुनले एक गोल गरेका थिए । खेलमा मायादेवीका गोलरक्षक जिवन श्रेष्ठले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि टोली दोस्रो हाफतर्फ दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

खेलमा आयोजक न्यू श्रृजनाका मनोज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब र राधाकृष्ण युवा क्लबबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...