गोर्खा ब्वाईजलाई हराउँदै सिद्धार्थ सेमिफाइनलमा

कपिलवस्तु (खेलदैनिक) । सिद्धार्थ एफसी यहाँ जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चार नम्बर जितपुर स्थित सिद्धार्थ रंगशालामा भएको खेलमा सिद्धार्थले गोर्खा ब्वाईज क्लबलाई टाईब्रेकरमा ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ गोर्खा ब्वाईजका लागि पुरन भण्डारीले गोल गरेका थिए भने सिद्धार्थका लागि सन्दिप केसीले गोल गरेका थिए । खेलमा विपक्षीका दुई पेनाल्टी प्रहार रोकेका सिद्धार्थका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल फुलबारी गाईज, बुटवल र झरना स्पोर्टस् क्लब, कुञ्जलाबपुरबीच हुने आयोजक क्लबका गणेश ढुंगानाले जानकारी दिए ।

तरुण दल जिल्ला कार्य समिति, कपिलवस्तुको आयोजनामा यहि वैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...