रोमाञ्चक जितका साथ झरना क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । रोमाञ्चक जितका साथ झरना स्पोर्टस क्लब यहाँ जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फको अन्तिम खेलमा झरनाले गुड मर्निङ एफसीलाई २–१ ले हरायो । झरनाका लागि दिपु क्षेत्री र निशान सुनारले गोल गरे भने पराजित गुड मर्निङका लागि चन्द्रिका चौधरीले गोल गरेका थिए ।

बिहीबारको खेलमा झरना स्पोर्टसका दिपु क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो क्वाटरफाइनल खेल आयोजक न्यू श्रृजना युवा क्लब र मायादेवी युथ क्लबबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...