आत्मघाती गोल उपहार पाउँदा सरस्वती फाइनलमा

काठमाडौं (खेलदैनिक) । सरस्वती युथ क्लब जारी दोस्रो चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकाप स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेलका गौतम श्रेष्ठले आत्मघाती गोल गरेपछि सरस्वतीले झिनो अन्तरको रोमाञ्चक र महत्वपूर्ण जित हात पार्यो ।

खेलमा सरस्वतीका ओको बोटा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...