पाँच गोलको थ्रीलरमा थ्रीस्टारलाई स्तब्ध पार्दै आर्मी फाइनलमा

काकरभिट्टा (खेलदैनिक) । उपाधिको दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी क्लब जारी मेची नेत्रालय चौथो मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार काकरभिट्टा माविको खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले रुस्लान थ्रीस्टार क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । आर्मीको जितमा कप्तान नवयुग श्रेष्ठले दुई गोल गरे भने दप एक गोल दिप लामाले गरे । उता पराजित थ्रीस्टारका लागि दुवै गोल म्याक्सवेलले गरेका थिए ।

खेलमा आर्मीका फरवार्ड नवयुग श्रैष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ हजार प्राप्त गरे । आर्मीले अब उपाधिका लागि शनिबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...