कपिलवस्तुमा खुला नकआउट फुटबल प्रतियोगिता शुरु

कपिलवस्तु (खेलदैनिक) । तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबार भएको उद्घाटन खेलमा भैरव एफसी नवलपरासीले बिजयी शुरुवात गरेको छ । भैरवले उद्घाटन खेलमा नयाँवस्ती एफसी, चितवनलाई शून्यका विरुद्ध २ गोलले हरायो ।

भैरवको जितमा आशिक गुरुङ र अनुप गुरुङले गोल गरे । खेलको म्यान अफ द म्याच पनि भैरवका आशिक गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको खेल गोर्खा ब्वाईज क्लब, बुटवल र सिद्धार्थ एफसी, बाँसगढीबीच हुने आयोजकले जनाएको छ ।

यहि वैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...