आयोजक न्यू श्रृजनाको उत्कृष्ट जित

तिलोत्तमा (खेलदैनिक) । उत्कृष्ट जितका साथ आयोजक न्यू श्रृजना युवा क्लब यहाँ जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा बुधबार भएको खेलमा घरेलु टोली न्यू श्रृजनाले तमु पेल्हु संघ, भैरहवालाई ३–१ ले हराउँदै कवाटरफाइनलमा स्थान बनायो । न्यू श्रृजनाको जितमा अनिष गुरुङ, बिपिन भण्डारी र नविन महतोले गोल गरे । उता पराजित तमू पेल्हुका लागि आशिष थापाले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा आयोजक न्यू श्रृजनाका अनिष गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको खेल झरना स्पोर्टस् क्लब र गुड मर्निङ एफसी बीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...