चन्द्रागिरी गोल्डकप : च्यासलको जितमा मिलनको दुई गोल

काठमाडौं (खेलदैनिक) । च्यासल युथ क्लब जारी दोस्रो चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वाटरफाइनलमा च्यासलले बिरगंज युनाइटेडलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकाप स्थित खेलमैदानमा भएको खेलमा च्यासलका लागि दुवै गोल मिलन राईले गरे । राईले खेलको ४५औं र ७४औं मिनटमा गरी दुई गोल गरे । निर्णायक दुई गोल गरेका राई खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र सरस्वती युथ क्लबबीच हुने आयोजकले जनाएको छ । दिपशिखा युवा समूह, चन्द्रागिरी–१३, पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...