एएफसी कपमा मनाङलाई पहिलो अंक

काठमाडौं (खेलदैनिक) । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलले प्रतिष्ठित एएफसी कपमा पहिलो अंक बटुल्न सफल भएको छ । प्रतियोगिताको समूह ई मा रहेको मनाङले बुधबार आइ लिग च्याम्पियन मिनर्वा पञ्जाबसँग २–२ गोलको बराबरी खेल्दै अंक जोडेको हो ।

भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको खेलमा शुरुवाती अग्रता पञ्जाबले नै लिएको थियो । खेलको ४२औं मिनटमा श्रेयस गोपालनले घरेलु टोलीका लागि पहिलो गोल गरे । यद्यपि अभिषेक रिजालले ६९औं मिनटमा मनाङका लागि बराबरी गोल फर्काएका थिए ।

https://twitter.com/AFCCup/status/1123601671521615878

त्यस्तै ८६औं मिनटमा करिम ओमोलजाले पञ्जाबलाई दोस्रो पटक खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि घरेलु टोलीले जोगाउन सकेन । उता ९०औं मिनटमा म्यान अफ द म्याच समेत घोषित सोमिडे अडिलजाले मनाङका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजाका बावजुद मनाङ १ अंकका साथ पुछारमा छ र प्रतियोगितामा आफ्नो सम्भावनालाई कायम राखेको छ । त्यस्तै ३ अंकका साथ पञ्जाब तेस्रो स्थानमा छ । बुधबार नै ढाका अवाहानीलाई १–० ले हराएको चेन्नईन ७ अंकका साथ शिर्ष स्थानमा रहँदा ४ अंकका साथ ढाका दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...